दफा ३७
मतदानको प्रक्रिया
: (१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई तोकिएको मतपत्र दिनेछ ।
(२) मतदातालाई मतपत्र दिनु अघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको व्यहोरा जनाई तोकिए बमोजिम मतपत्र दिनेछ ।
(३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ ।
(४) मतदाताले यस ऐन बमोजिम मतदान गर्दा जतिजना उम्मेदवार छनोट गर्नु पर्ने हो, त्यति सङ्ख्यामा आफूले रोजेको उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा उपदफा (३) बमोजिमको छाप वा चिन्ह लगाई तोकिए बमोजिम मतपेटिकामा खसाली मतदान गर्नु पर्नेछ ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विद्युतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।